बंगलादेशले अफगानिस्तानलाई दुई सय ६३ रनको लक्ष्य प्रस्तुत

आइसीसी एकदिवसिय विश्वकपमा बंगलादेशले अफगानिस्तानलाई दुई सय ६३ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले ५० ओभरमा ६ विकेट गुमाउँदै दुई सय ६२ रन बनायो । राम्रो सुरुवात गर्न नसकेको बंगलादेशले २३ रनमा पहिलो विकेट गुमायो ।

उसका लिन्टोन दासले १६ रनमा आउट भए । त्यसपछि तमिम इक्वाल ३६ रनमा आउट भएपछि बंगलादेशले ८२ रनमा दोस्रो विकेट खेर फाल्यो । उसका लागि मुस्फिकुर रहिमले ८३ रन बनाए भने सकिव अल हसनले ५१ रनको पारी खेले । त्यसपछि महमुदुल्लाहले २७ रन बनाउदा मोसादेक होसेनले ३५ रन जोडे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest