चाेटका कारण रसेल विश्वकपबाट बाहिर

इंग्ल्याण्ड र वेल्समा जारी एकदिवसिय विश्वकपमा खराव फर्ममा रहेको वेष्ट इन्डिजलाई ठुलो धक्का लागेको छ । उसका अलराउण्डर आन्द्रे रसेल विश्वकपबाट बाहिरीएका छन ।

लामो समयपछि विश्वकपका लागि टिममा परेका वेष्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान तथा बलर रसेल चोटका कारण विश्वकपमा दुई खेलमा पनि टिम बाहिर परेका थिए । अब उनको चोट निको नहुने भएपछि उनले विश्वकपका बाँकि खेल गुमाउने भएका छन ।

उनको स्थानमा सुनील अम्ब्रिस टिममा परेका छन । ६ खेलमा वेष्ट इन्डिजले चार मा हार र एकमामात्र जित निकालेको छ । एक खेल बर्षाका कारण रद्ध भएको थियो । रसेल आउट भएपछि टिमलाई ठुलो दबाव परेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest