यू-१९ इस्टर्न रिजनका लागि नेपाली युवा टिममा ४ नयाँ अनुहार

नेपालले, एसीसी अन्डर नाइन्टिन इस्टर्न रिजन खेल्ने टिमको घोषणा गरेको छ । आज सार्वजनिक गरिएको १४ सदस्यीय टोलीमा चार नया अनुहार आउदा आसिफ शेख र संदिप जोरा भने बाहिरिएका छन ।

रोहित पौडेलको कप्तानीमा रहेको टोलीमा खड्ग बहादुर बोहरा, लोकेश बहादुर बम, तिलक राज भन्डारी र अन्डर सिक्सटिनका कप्तान विशाल विक्रम केसीले पहिलो पटक स्थान बनाएका छन ।

छनौट भएका अन्य खेलाडीमा पवन सरार्फ, कमल सिंह ऐरी, रित गौतम, हरि बहादुर चौहान, प्रतिक जिसी, रसिद खान, भिम सार्की, सागर ढकाल र कुशल मल्ल रहेका छन । यसअघि टिममा समावेश रहेका आसिफ , संदिप संगै सुर्य तामाङ र आकाश चन्ले भने अन्तिम टोलीमा अटाउन सकेनन् ।

असार १७ देखी २५ सम्म मलेसियामा हुने ५० ओभरको प्रतियोगितामा नेपाल रहेको समुह ए मा सिंगापुर, म्यानमार र चीन छन । समुह बी मा हङकङ, मलेसिया, थाइल्यान्ड र भुटान छन । नेपालले आफ्नो पहिलो खेल १७ गते म्यानमार संग खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest