अष्ट्रेलियाले विश्वकपकाे सेमिफाइनलमा

आइसीसी एकदिवसिय विश्वकपमा अष्ट्रेलियाले छैटौं जित निकाल्दै पुनः अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई ६४ रनले हरायो । जितसँगै अष्ट्रेलिया सेमिफाइनलमा पुग्न सफल भयाे ।

लर्डसमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ५० ओभरमा सात विकेट गुमाउँदै दुई सय ८५ रन बनायो । बलियो सुरुवात गरेको उसले पहिलो विकेटका लागि एक सय २३ रनको साझेदारी गरेको थियो । उसका लागि डेविड वार्नरले ५३ रन बनाए । त्यसपछि उस्मान ख्वाजाले २३ तथा स्टिभ स्मिथ ३८ रनमा आउट भए ।

अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले सतकीय पारी खेले । उनले एक सय १६ बलमा सय रन बनाए । सुरुवात राम्रो गरेपनि उसका मध्यक्रमका खेलाडी विच दरिलो साझेदारी हुन सकेन ।

मार्कुस स्टोनीस आठ रनमा आउट भए भने प्याट कुमिन्सले मात्र एक रन बनाए । अन्तिममा एलेक्स कारेले अविजीत ३८ रन बनाए । बलिङमा इंग्ल्याण्डका क्रिस ओक्सले दुई तथा जोफ्र आर्चर, मार्क उड र बेन स्टोकले एक एक विकेट लिए ।

जवाफमा इंग्ल्याण्ड ४४ ओभर ४ बलमा २२१ रनमा अलआउट भयो । निकै खराव सुरुवात गरेको इंग्ल्याण्डले ५३ रनमा चार विकेट गुमायो । उसका ओपनर जेम्स भिन्सले खाता खोल्न सकेनन् भने जोनी ब्रेस्टो २७ रनमा आउट भए । यस्तै जोय रुटले आठ तथा कप्तान इयोन मोर्गन मात्र चार रनमा पेभेलियन फर्किए ।

त्यसपछि बेन स्टोक र जोस बट्लर विच पाँचौ विकेटका लागि ७१ रनको साझेदारी हुँदा इंग्ल्याण्ड केहि सम्हालिएको थियो । तर बट्लर मात्र २५ रनमा आउट भए ।

त्यसपछि क्रिस ओक्सपनि २६ रनमा पेभेलियन फर्किएपछि उसले एक सय ७७ रनमा ६ विकेट गुमायो । तर त्यसपछि उसले अरु दुई विकेट सस्तैमा समेट्यो । उसका लागि बेन स्टोकले सर्वाधिक ८९ रन बनाए भने मोयन अली मात्र ६ रनमा आउट भए ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest