भारतले वेष्ट इन्डिज विरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने

आइसीसी एकदिवसिय विश्वकपमा भारतले वेष्ट इन्डिज विरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

आजको खेलमा वेष्ट इन्डिजमा दुई खेलाडी परिवर्तन गरिएको छ । ओसान थोमस र इभीन लुइस टिम बाहिर रहेका छन । दुबै खेलाडी चोटका कारण टिममा नपरेका हुन ।

जारी विश्वकपभरि नै ज्यासन होल्डर नेतृत्वको टोलीले यस्तै अनिश्चित प्रदर्शनहरु गरिरहेको छ । ६ खेलबाट ३ अंक जोडेको क्यारेवियन टोलीका लागि सेमिफाइनल आशा जीवित राख्न बाँकी तीनै खेल जितेर पुग्दैन, अरु टोलीको नतिजामा पनि भर पर्नुपर्छ ।

प्रतियोगितामा अपेक्षाकृत प्रदर्शन गर्न नसकेका हार्ड हिटर आन्द्रे रसेल घुँडाको चोटका कारण प्रतियोगिताबाट बाहिरिइसकेका छन् ।

उच्च लयमा रहेको भारतीय टोलीबिरुद्धको खेलमा रसेलको अनुस्थिति पनि वेष्ट इण्डिजका लागि महंगो पर्न सक्छ । भारतका बलरले पुनः एकपल्ट म्याच विनिङ क्षमताको प्रदर्शन गर्ने अपेक्षा गरिन्छ ।

पछिल्लो खेलमा सामान्य लक्ष्य पछ्याएको अफगानिस्तानबिरुद्धको जितमा मोहम्मद सामीले विश्वकप इतिहासको दशौं र जारी विश्वकपमा पहिलो ह्याट्रिक विकेट लिएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest