भारतले वेष्ट इन्डिजलाई दुई सय ६९रनको लक्ष्य

आइसीसी एकदिवसिय विश्वकपमा भारतले वेष्ट इन्डिजलाई दुई सय ६९रनको लक्ष्य दिएको छ ।

म्यानचेस्टरमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाउँदै दुई सय ६८ रन बनायो । राम्रो सुरुवात गर्न नसकेको भारतले २९ रनमा पहिलो विकेट गुमायो । ओपनर रोहित शर्मा १८ रनमा आउट भए । त्यसपछि दोस्रो विकेटका लागि कप्तान विराट कोहली र लोकेश राहुल विच ६९ रनको साझेदारी भएपछि भारत केहि सम्हालिएको थियो ।

तर राहुल ४८ रनमा आउट भए । त्यसपछि अर्का खेलाडी विजय शंकर ब्यक्तिगत १४ रनमा पेभेलियन फर्किएपछि भारतले एक सय २६ रनमा तेस्रो विकेट खेर फाल्यो ।

भारतले त्यसपछि अरु दुई विकेट कम रनमा नै गुमायो । कप्तान विराट कोहली ब्यक्तिगत ७२ रनमा आउट भए भने केदार जादव मात्र सात रनमा पेभेलियन फर्किए । एक सय ८० रनमा पाँच विकेट गुमाएको भारतका लागि महेन्द्रसिंह धोनी र हार्दिक पाण्ड्या विच ७० रनको साझेदारी भएपछि भारतले राम्रो चुनौती दिन सफल भयो । हार्दिकले ४६ रन बनाए ।

त्यसपछि क्रिजमा आएका मोहम्मद सामीले खाता खोल्न सकेनन् । जसका कारण भारतले दुई सय ५२ रनमा सात विकेट गुमायो । उसका लागि धोनीले अविजीत ५६ रन बनाए । बलिङमा वेष्ट इन्डिजका केमी रोचले तीन तथा जेसोन होल्डरले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest