श्रीलंकाले दक्षिण अफ्रिकालाई २०४ रनको लक्ष्य

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले दक्षिण अफ्रिकालाई २०४ रनको मध्यम लक्ष्य दिएको छ ।

इंग्ल्याण्डको चेस्टरमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९ ओभर ३ बलमा अलआउट हुँदै २०३ रन बनायो ।

श्रीलंकाका लागि कुशल परेरा र अभिस्का फर्नान्डोले समान ३०/३० रन बनाए । यस्तै धनन्जय डी सिल्भाले २४, कुशल मेन्डिसले २३ तथा थिसरा परेराले २१ रन बनाए ।

दक्षिण अफ्रिकाका लागि क्रिस मोरिस र ड्वाने प्रिट्रोरिओसले ३/३ विकेट लिए ।  कागीसो राबडाको नाममा २ विकेट रह्यो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest