श्रीलंकाकाे बिश्वकप सेमिफाइनल अधुराे बन्दै

आइसीसी एकदिवसीय विश्वकपमा श्रीलंका दक्षिण अफ्रिकासँग नौ विकेटले पराजित भएको छ । हारसँगै श्रीलंका विश्वकप बाहिरीने संभावना प्रबल बनेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंका ४९.४ ओभरमा सवै विकेट गुमाउँदै २०३ रनमा समेटिएको हो ।

खराब सुरुआत गरेको श्रीलंकाले पहिलो ओभरको पहिलो बलमै विकेट गुमाएको थियो । त्यसपछि कुशल परेरा र अभिष्का फर्नान्डोले ६७ रनको साझेदारी गर्दै इनिङ्स माथि उठाउने प्रयास गरेका थिए ।

फर्नान्डो ३० रन बनाएर आउट हुँदा टिमको स्कोर ७२ रन पुग्दा अर्का सेट ब्याट्सम्यान परेर पनि ३० रन नै बनाएर पेभेलियन फर्किए । यसैगरी धनञ्जय डी सिल्भाले २४ रन जोड्दा कुशल मेन्डिसले २३ रन बनाए ।

श्रीलंकालाई सस्तैमा रोक्न क्रिस मोरिस र डुवान पेरोट्रियसले समान तीन तीन विकेट लिए ।कागिसो राबडाले २ विकेट हात पारे ।

जवाफमा दक्षिण अफ्रिकाले ३७ ओभर दुई बलमा एक विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । ३१ रनमा पहिलो विकेट गुमाएको दक्षिण अफ्रिकाको जितमा हसिम अमला र फाफ डुप्लिसिसले दोस्रो विकेटका लागि एक सय रनको साझेदारी गर्दै टिमलाई जित दिलाए । उसका लागि हसिम अमलाले ८० रन बनाए भने डुप्लिसिसले ९२ रनको योगदान गरे ।

विश्वकपबाट बाहिरी सकेको दक्षिण अफ्रिकासँगको हारले श्रीलंकाको शिर्ष चारमा पुग्ने संभावना लगभग समाप्त भएको छ । अब उसलाई शिर्ष चारमा पुग्न आफ्ना सबै खेलमा जित निकाल्नुको साथै अरुको खेलमा पनि भर पर्नुपर्ने हुन्छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest