यू-१९ इस्टर्न रिजनकाे नयाँ खेल तालिका, चीनसँग पहिलाे खेल खेल्ने

एसीसी यू–१९ इस्र्टन रिजन च्याम्पियनसिपको खेल तालिका परिवर्तन भएको छ । म्यानमारले अन्तिम समयमा प्रतियोगिताबाट नाम फिर्ता लिएपछि पुरै खेल तालिका परिवर्तन भएको हो ।

म्यानमारले आन्तरिक कारण देखाउदै अन्तिममा प्रतियोगितामा सहभागिता जनाउने भएपछि टिम पनि सात वटामात्र हुने भएका छन । यसका साथै अब नेपालको खेल तालिका पनि परिवर्तन भएको छ । यसअघि नेपालले जुलाई दुई तारिखमा म्यानमारसँग खेल्ने तालिका भएपनि अब तीन तारिखमा चीन विरुद्धको खेलबाट प्रतियोगिताको सुरुवात गर्नेछ ।

यसअघिको खेल तालिका अनुसार नेपालले दोस्रो खेल ५ तारिखमा चीन र ६ तारिखमा सिंगापुरसँग रहेको थियो । अब उसले पहिलो खेल तीन तारिखमा खेलेपछि दोस्रो खेल ५ तारिखमा सिंगापुरसँग खेल्नेछ । यसका अर्थ नेपालले एक खेल पनि जितेमात्र सेमिफाइनलमा पुग्नेछ । यसका साथै उसले पहिलो खेलपछि एक दिन आराम पाउने छ भने सिंगापुर विरुद्धको खेलपछि दुई दिन आराम पाउने भएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest