अष्ट्रेलियाले न्युजिल्याण्डलाई दुई सय ४४ रनको लक्ष्य

आइसीसी एकदिवसिय विश्वकपमा अष्ट्रेलियाले न्युजिल्याण्डलाई दुई सय ४४ रनको लक्ष्य दिएको छ ।

लर्डसमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाउदै दुई सय ४३ रन बनायो । सुरुवात राम्रो गर्न नसकेको अष्ट्रेलियाले १५ रनमा पहिलो विकेट गुमायो भने ४६ रन बनाउँदा तीन विकेट खेर फाल्यो ।

उसका मध्यक्रमका खेलाडी विच राम्रो साझेदारी हुन सकेन । जसका कारण उसले ९२ रनमा ५ विकेट खेर फालेको थियो । छैटौं विकेटका लागि एलेक्स कारे र उस्मान ख्वाजा विच सतकिय साझेदारी हुँदा अष्ट्रेलियाको पारी सम्हालिएको थियो । एलेक्सले ७१ रन बनाए ।

यसका साथै उसका लागि डेविड वार्नरले १६, मार्क स्टोनीसले २१ रनको योगदान गरे । यस्तै उस्मान ख्वाजाले ८८ रन बनाए । अन्तिममा प्याट कुमिन्सले २३ रन बनाए । बलिङमा न्युजिल्याण्डका ट्रेन्ट बोल्टले चार विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest