एसीसी यू १९ इस्टर्न रिजनको उपाधि जित्नेमा विश्वस्त-रोहित

एसीसी यु १९ इस्र्टन रिजन च्याम्पियनसिपमा सहभागि तीन वटै टिमका कप्तानले आफुहरुले उपाधि जित्ने दावी गरेका छन ।
मंगलबारबाट सुरु हुने प्रतियोगिताका लागि आयोजना भएको प्रिम्याच कन्फ्रेन्समा बोल्दै सात वटै टिमका कप्तानहरुले आफुहरु मलेसिया उपाधि उचाल्नका लागि आएको बताए ।

प्रतियोगितामा म्यानमारले अन्तिम समयमा नाम फिर्ता लिएको थियो । चीनका कप्तानले यसपटक टिमले सरप्राइज नतिजा निकाल्ने बताए । यस्तै हङकङका कप्तानले आफुहरुले यो प्रतियोगिताका लागि चार महिनाको तयारी गरेको र पाँच दिन अगाडी मलेसिया आएर एउटा अभ्यास खेल पनि खेलेको बताए । नेपाली टिमका कप्तान रोहित पौडेलले दश दिनको तयारीका बाबजुतपनि टिमको लक्ष्य उपाधि नै रहेको र त्यसका लागि तयार रहेको बताए ।

प्रतियोगिताको समुह ए मा नेपालसहित चीन र सिंगापुर रहेका छन । सिंगापुरका कप्तानले आफ्नो टिम युवा खेलाडीले भरिएको रहेपनि सुखद नतिजाका लागि मलेसिया आएको बताए । यसका साथै उनले राम्रो टिमले उपाधि जित्नेमा विश्वस्त रहेको बताए ।

यो प्रतियोगिताको विजेताले श्रीलंकामा हुने यू १९ एशिया कपमा सहभागिता जनाउने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest