विश्वकपमा बंगलादेश र भारत आमने सामने हुँदै

आईसीसी एकदिवशीय विश्वकपमा आज एसियाली छिमेकी प्रतिस्पर्धी बंगलादेश र भारत आमने सामने हुँदैछन् । यो खेल बर्मिङघमको एजबास्टोन रंगशालामा नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ ।

पछिल्लो खेलमा इंग्ल्याण्डसँग पराजित भएको भारतले बंगलादेशलाई हराएर सेमिफाइनलमा स्थान बनाउने योजनामा छ ।

जारी विश्वकपमा पहिलो हारपछि भारतले आफ्ना कमजोरी सच्याउँदै उत्कृष्ट प्रदर्शन गर्ने अवसर पनि पाएको छ ।

मुख्यगरी इंग्ल्यान्डबिरुद्ध उसका स्पिनरहरु प्रभावहीन भएका थिए भने मध्यक्रमका ब्याट्सम्यानले अपेक्षाअनुसारको प्रदर्शन गर्न सकेका थिएनन् ।

यता बंगलादेश भने इतिहासमै पहिलोपल्ट एकदिवशीय विश्वकपको सेमिफाइनलमा स्थान बनाउन लिग चरणका दुवै खेल जित्न प्रयासरत हुनेछ ।

भारतपछि लिगको अन्तिम खेलमा उसले पाकिस्तानबिरुद्ध प्रतिस्पर्धा गर्नेछ । समान ७ खेलबाट भारको ११ अंक छ । र अंकतालिकामा दोस्रो स्थानमा छ । बंगलादेशको ७ अंक छ ।

सेमिफाइनलमा पुग्न बंगलादेशले दुवै खेल जितेर मात्र हुँदैन न्युजिल्याण्डले पनि लिग चरणको आफ्नो अन्तिम खेलमा इंग्ल्याण्डलाई हराउनुपर्नेछ ।

जारी विश्वकपमा सकिव हल हसन प्रेरित बंगलादेशले ब्याटिङमा एकरुपको उत्कृष्ट प्रदर्शन गरिरहेको छ । बलिङमा केहि सुधार गर्न सके भारतलाई कडा चुनौति दिनेछ ।

विश्वकपमा बंगलादेशले भारतलाई अहिलेसम्म एक पटक हराएकाे छ । २००७ मा बंगलादेशसँग पराजति भएसँगै भारत समूह चरणाबाटै बाहिरिएकाे थियाे । भारत र बंगालदेश अहिलेसम्म ३ पटक विश्वकपमा भिडेकामा २ पटक भारत बिजयी भएकाे छ भने बंगलादेश १ पटक विजयी भएकाे छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest