चीन बिरुद्द नेपाल यु-१९ टस जितेर बलिङमा

एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितमा आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै छ । नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ । डिफेन्डिङ च्याम्पियन नेपालले चीनमाथि जित निकाल्दै सेमिफाइनलमा पुग्ने लक्ष्य बनाएको छ ।

[match_center id=”31726″]

रोहित कुमार पौडेलको कप्तानीमा रहेको नेपाली युवा टिमले चीनमाथि सहजै जित निकाल्ने अपेक्षा गरिएको छ । सिंगापुरविरुद्ध चीन २८ रनले समेटिएकाले पनि नेपालले चीनलाई सहज आंकलन गरेको छ ।

चीनविरुद्धको खेलमा विशाल विक्रम केसी, रसिद खान र कुशल मल्ललाई विश्राम दिइएको छ । तीन जना खेलाडीले डेब्यू गर्दैछन् । तिलक राज भण्डारी, खडक बहादुर बोहरा र लोकेश बहादुर बमले यू-१९ डेब्यू गर्न लागेका हुन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest