एसीसी इस्टर्न रिजन: चिन बिरुद्द १० विकेटको बिजयी सुरुवात

एसीसी इस्टर्न रिजन प्रतियोगिताको पहिलो खेलमा नेपालले १० विकेटको जित हात पारेको छ । सागर ढकाल र डेब्यू गरेका तिलक राज भण्डारीले उत्कृष्ट बलिङ गरेपछि नेपालले सहज जित निकालेको हो ।

[match_center id=”31726″]

टस जितेर चीनलाई ब्याटिङको निम्तो दिएको नेपालले २३.१ ओभरमा ५३ रनमा अलआउट गर्यो ।

चीनका गुओहाओ र लियाङ चेनले १३–१३ रन बनाउँदा अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । बलिङतर्फ सागर ढकालले ६ विकेट लिए । ९.१ ओभर बलिङ गरेका उनले तीन मेडन राखेर जम्मा ६ रन खचिएए । यस्तै बलिङ डेब्यू गरेको तिलक राज भण्डारीको पनि थियो । उनले सात ओभर बलिङ गरेर तीन मेडन राख्दै तीन विकेट लिए । बाँकी एक विकेट कमलसिंह ऐरीले लिएका थिए ।

एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको चीनले २३.१ ओभरमा सबै विकेट गुमाएर ५३ रन बनाएको थियो ।

चीनलाई सस्तैमा समेट्न नेपालका सागर ढकालले ६ विकेट लिए ।

५४ रनको सामान्य लक्ष्य नेपालले ५ ओभरमा कुनै पनि विकेट नगुमाई पुरा गरेको थियो । नेपालको जितमा पवन शर्राफ र रित गौतमले नट आउट पारि खेले ।

पवनले पाँचौ ओभरमा २ छक्का र २ चौकाको मद्दतले २१ रन जोडेपछि नेपाल सहजै विजयी भयो । समग्रमा पवन ४६रनमा नट आउट रहँदा रित गौतम १० रनमा नट आउट रहे ।

बुधबार पनि पराजित भएको चीन दुवै खेल गुमाउँदै प्रतियोगितबाट बाहिरिएको छ । यो समूहबाट नेपाल र सिंगापुर सेमिफाइनलमा पुगेका छन् । सेमिफाइनलमा समूह विजेता र उप विजेताको टुंगो नेपाल र सिंगापुरबीचको खेलको नतिजाले तय हुने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest