नेपालको लक्ष्य समुह विजेता बन्ने

एसीसी यू १९ इस्टर्न रिजन च्याम्पियनसिपको समुहको दोस्रो खेलमा नेपालले भोली सिंगापुरसँग खेल्दैछ । आफ्नो पहिलो खेलमा दुबै टिमले चीनलाई नै हराएका कारण दुबै टिम अन्तिम खेल अगाडी नै सेमिफाइनलमा पुगिसकेका छन । त्यसैले भोलीको खेल समुह विजेताको छिनोफानोका रुपमा रहेको छ ।
मलेसियाको किनरारा ओभल मैदानमा हुने खेल नेपाली समय अनुसार विहान पौने आठ बजेबाट सुरु हुनेछ । उमेर समुहका साथै सिनियर स्तरमा पनि नेपाल र सिंगापुर परिचित टिम हुन । एशियाली स्तरमा हुने पायः सबै प्रतियोगितामा नेपाल र सिंगापुर खेलेकै हुन्छन । यू १९ स्तरमा पनि यी दुई टिम जहिलेपनि खेल्दा नेपालले जित निकालेको छ । २०१७ मा भएको इस्टर्न रिजन च्याम्पियनसिपमा पनि नेपालले सिंगापुरलाई समुह चरणमा सात विकेटले हराएको थियो । यतिमात्र होइन, केहि महिना मलेसियामा नै भएको यू १९ विश्वकप छनोट खेलमा पनि नेपालले उसलाई दुई सय १७ रनले पाखा लगाएको थियो ।
तर सो बेला बर्षाका कारण नेपालले विश्वकपमा छनोट हुन सकेको थिएन । अब सेमिफाइनलमा पुगेको नेपालले सिंगापुर विरुद्ध पनि जित निकालेर समुह विजेता हुने लक्ष्य राखेको छ । नेपाली टिमका प्रशिक्षक विनोद दाशले टिमको लक्ष्य जित्ने नै भएपनि कमजोर नआक्ने बताए । यसका साथै उनले यसपटक सिंगापुरको टिममा अघिल्लो पटकको भन्दा केहि खेलाडी परिवर्तन भएकाले यसै भन्न सक्ने अवस्था नरहेको बताए ।
कप्तान रोहित पौडेलले पनि सिंगापुर विरुद्ध जित्ने लक्ष्य राखेपनि त्यो दिनमा कसले कस्तो खेल्छ, त्यसमा भरपर्ने बताए ।
समुहको पहिलो खेलमा सिंगापुरले चीनलाई आठ विकेटले हराएको थियो भने नेपालले पनि चीनलाई १० विकेटल पराजित भएको थियो । नेपाली टिममा भोलीको खेलमा दुई जना खेलाडी परिवर्तन हुन सक्नेछन । चीन विरुद्ध अनुभवी खेलाडीको सट्टा नयाँलाई मौका दिएको नेपालले सिंगापुर विरुद्ध बलियो सेटलाई उतार्ने योजना बनाएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest