सिंगापुरबिरुद्ध ओपनर रीत गौतमको शतक

एसीसी यू(१९ इस्ट्रन रिजन क्रिकेट अन्तर्गत सिंगापुरबिरुद्धको खेलमा नेपालका ओपनर रीत गौतमले शतक प्रहार गरेका छन् ।

मलेसियाको किनरारा ओभल मैदानमा जारी समूह ए अन्तर्गतको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि रीतले शतक प्रहार गरेका हुन् ।

[match_center id=”31725″]

उनले ४७.१ ओभरमा डीप स्क्वायर लेगमा चौका प्रहार गर्दै शतक बनाएका हुन् । १३१ बल सामना गरेका उनले १० चौका प्रहार गरे ।

यसअघि पवन सर्राफ र रीतले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए । पहिलो विकेटका रुपमा पवन सर्राफलाई ४५ रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो ।

४०औं ओभरमा नेपालले दोस्रो विकेट गुमायो । दोस्रो विकेटका लागि रीत गौतम र खडग बहादुर बोहोराले १ सय ३१ रनको साझेदारी गरी पारी उकासेका थिए ।
९० बलमा १२ चौकासहित ९० रन प्रहार गरी खडग आउट भए । उनले शतक प्रहार गर्न चुके । त्यसपछि आएका विशाल विक्रम केसीले पनि २ बलमा १ रनमात्र जोड्न सके ।

कप्तान रोहित कुमार पौडेलले ९ बलमा ७ रनमात्र जोड्न सके ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest