पाकिस्तानले बंगलादेशलाई ९४ रनले हरायो

आईसीसी विश्वकप अन्तर्गत लिग चरणको अन्तिम खेलमा पाकिस्तानले बंगलादेशलाई हराएको छ । लर्ड्समा भएको खेलमा पाकिस्तानले बंगलादेशलाई ९४ रनले हरायो ।

जितसँगै पाकिस्तानले नौ खेलमा ११ अंक बनाएको छ । तर रनरेटमा न्यूजिल्याण्डभन्दा निकै पछि परेका कारण पाकिस्तानको यो विश्वकप यात्रा समाप्त भयो । पाकिस्तानको रनरेट –०.४३ पुग्यो भने न्यूजिल्याण्डको ०.१७५ छ ।

टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले ५० ओभरमा नौ विकेट गुमाउँदै ३१५ रन बनाएको थियो । उसका लागि इमाम उल–हकले १०० रनको शतकीय योगदान दिए । यस्तै बाबर अजम ९६ रन बनाउँदा शतकबाट चार रनले चुके । इमाद वासिमले पनि ४३ रनको योगदान दिए । मोहम्मद हफिजले २७ रन बनाए ।

बलिङतर्फ मुस्ताफिजुर रहमानले पाँच विकेट लिएभने मोहम्मद सैफुद्धिनले तीन विकेट हात पारे ।

३१६ रनको लक्ष्य पछ्याएको बंगलादेश ४४.१ ओभरमा २२१ रनमा अलआउट भयो । आजको खेलमा पनि शकिव अल हसनले उत्कृष्ट ब्याटिङ गरे । उनले सर्वाधिक ६४ रन बनाए । अन्य ब्याट्सम्यानले खराब प्रदर्शन गरे । बंगलादेशलाई हराउनका लागि शहिद शाह अफ्रिदीले ६ विकेट लिए । शदाब खानले दुई विकेट लिए ।

यो कारण पाकिस्तान पुग्न सकेन सेमिफाइनलमा

पाकिस्तानको सेमिफाइनल पुग्न नसक्नुको प्रमुख कारण हो, वेष्ट इण्डिजविरुद्धको हार । यो विश्वकपको पहिलो खेलमा पाकिस्तान वेष्ट इण्डिजसँग सात विकेटले पराजित भयो । जुन खेलमा उसले २१.४ ओभरमा अलआउट हुँदै १०५ रनको कमजोर योगपल तयार पारेको थियो । यो विश्वकपमा बनेको सबैभन्दा कम स्कोर पनि पाकिस्तानकै थियो ।

प्रतियोगिताकै अर्को कमजोर टिम श्रीलंकाविरुद्धको खेल वर्षाले प्रभावित भएर अंक बाँढ्नु पनि पाकिस्तानको अर्को दुर्भाग्य थियो । पहिलो खेलमा इण्डिजसँग हारेपनि दोस्रो खेलमा इंग्ल्याण्डलाई हराएर दरिलो आत्मविश्वास बनाएको पाकिस्तान बलियो स्थितीमा थियो । तर मौसमले साथ दिएन ।

पाकिस्तानले नौ खेलमा तीन खेलमा हार ब्यहोरेको थियो भने पाँच खेलमा जित निकालेको थियो । यसले वेष्ट इण्डिज, भारत र अष्ट्रेलियासँग पराजय ब्यहो¥यो भने इंग्ल्याण्ड, न्यूजिल्याण्ड, अफगानिस्तान, दक्षिण अफ्रिका र बंगलादेशलाई हरायो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest