विश्वकपमा भारत र श्रीलंका खेल्दै

इंग्ल्याण्डबिरुद्धको सानदार जितका बाबजुद पछिल्लो खेलमा दक्षिण अफ्रिकासग पराजित भएपछि श्रीलंकाको विश्वकप अभियान सकिसकेको छ । र शनिबार लिग चरणको अन्तिम खेलमा उसले भारतबिरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

यो खेल लीड्सको हिडिङ्लेमा नेपाली समयअनुसार दिउसो सवा ३ वजेदेखि सुरु हुनेछ । श्रीलंकले इंग्ल्याण्डमा भारतसग पछिल्लो समय सन् २०१७ को आईसीसी च्याम्पियन्स ट्रफीमा खेलेको थियो । जहा उसले भारतले दिएको ३१७ रनको लक्ष्य पूरा गरी ७ विकेटको जित निकालेको थियो ।

घर फर्कनुअघिको अन्तिम खेलमा श्रीलंकाले २ वर्षअघिको त्यही सफलता दोहो¥याउने प्रयास गर्नेछ । भारत यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । श्रीलंकाको चिन्ताको विषय उसको ब्याटिङ पक्ष हो । यद्यपी न्युजिल्याण्डस“गको पहिलो खेलको तुलनामा उसले धेरै सुधार गरेको छ । पहिलो खेलमा श्रीलंका १३५ रनमै अलआउट भएको थियो ।

श्रीलंकाको शीर्ष क्रम अझै पनि खराव देखिन्छ । त्यसको विपरित समग्रमा सानदार प्रदर्शन गरिरहेको भारतीय बलरस“ग उसले सामना गर्नुपर्नेछ । भारतले सेमिफाइनलमा इन्ल्याण्ड वा न्युजिल्याण्डमध्ये एकको सामना गर्नुपर्नेछ । दुवै प्रतियोगितामा बलिया टिम हुन् । श्रीलंकाबिरुद्ध सम्भवतः उसले फरक संयोजनको परीक्षण गर्न सक्नेछ । रविन्द्र जडेजा र मयंक अग्रवालले जारी विश्वकपमा अहिलेसम्म अवसर पाएका छैनन् । सायद उनीहरु शनिबार टिममा पर्नेछन् ।

लीड्समा शनिबार पारिलो दिन हुनेछ । हिडिङलेको पीच ब्याट्सम्यानहरुका लागि उपयुक्त हुनेछ । तर इनिङको अन्त्यतिर बलर हाबी हुन सक्छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest