शोयब मलिकले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

पाकिस्तानी अल राउण्डर शोयब मलिकले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । ३७ वर्षीय क्रिकेटर मलिकले पाकिस्तानको समूह चरणको अन्तिम खेलसँगै सन्यास लिएका हुन् । तर उनी भारतविरुद्धको खेल पछि पाकिस्तानी टिमको प्लेयिङ सेटमा परेका छैनन् ।

बंगलादेशविरुद्धको खेलमा जित निकाले पनि रनरेटमा पछि पर्दै पाकिस्तान विश्वकपबाट बाहिरिएको छ । खेलपछि मलिक मैदानमा पुग्दा पाकिस्तानी खेलाडीले उनलाई ‘गार्ड अफ अनर’ दिएका थिए ।

२० वर्षे एकदिवसीय क्रिकेट करियरलाई विश्राम दिएको घोषणा गर्दै मलिकले भने ‘मैले पहिला पनि भनेको थिए, यो मेरो विश्वकप पछि एक दिवसीय क्रिकेटबाट सन्यास लिन्छु भनेर, त्यसैले आज मैले यो घोषणा गरेको हुँ, जसले मलाई साथ दियो उनीहरु सबैलाई धन्यवाद’
मलिकले १९९९ को अक्टुबरमा वेस्टइण्डिजविरुद्ध एक दिवसीय क्रिकेटमा डेब्युगरेका थिए ।

पाकिस्तानका लागि २८७ एकदिवसिय क्रिकेटमा ९ शतक, ४४ अर्धशतकका साथ ७ हजार ५ सय ३४ रन बनाए । यसैगरी उनको नाममा १५८ विकेट पनि छ ।

यसैगरी ३५ टेस्ट म्याचमा ३ शतक र ८ अर्धशतकका साथ १८९८ रन बनाउँदा टी –२० सात अर्धशतक सहित २ हजार २ सय ६३ रन बनाएका छन् । पाकिस्तानका लागि उनले १११ टी–२० खेलेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest