सेमिफाइनलमा नेपालले मलेसियासँग खेल्ने

एसीसी यू–१९ इस्टर्न रिजनको सेमिफाइनलमा नेपालले मलेसियासँग खेल्ने भएको छ । समूह चरणको अन्तिम खेलमा मलेसिया हङ्कङसँग ३ रनले पराजित भएपछि समूहको उपविजेता बन्यो । समूह बीको उपविजेता मलेसियाले समूह एकको विजेता नेपालसँग प्रतिष्पर्धा गर्ने तय भएको छ ।

किनरारा ओभल मैदानमा भएको खेलमा हङ्कङ्ले मलेसियलाई ३ रनले हरायो । टस जितेर ब्याटिङ रोजेको हङ्कङ्ले ५० ओभरमा ९ विकेट गुमाउँदै १७२ रन बनाएको थियो । उसका लागि अदित गोरावाराले ५० रनको अर्धशतकीय योगदान दिए ।

यस्तै कालान मार्क चल्लुले ४३ रन, नसरुल्ला रानाले ३० र अरुष भागवतले २० रन बनाउँदा अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् । बलिङतर्फ मलेसियाका मोहम्मद आमिर र सचिनु हिटिगेले तीन तीन विकेट लिए भने विजय उन्नीले दुई विकेट हात पारे ।
१७३ रनको लक्ष्य पछ्याएको मलेसिया ४९.१ ओभरमा १६९ रन बनाउँदा अलआउट भयो । मलेसियाका टप अर्डरका पाँच खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । ४४ रन बनाउँदा ७ विकेट गुमाएको मलेसियाका लागि मोहम्मद युशुफ र विजय उन्नीले ८७ रनको साझेदारी गर्दै मलेसियालाई खेलमा फर्काएका थिए ।

बिजय उन्नी ३८ रनमा रन आउट भएका थिए । त्यसपछि १६३ रन बनाउँदा युशुफ व्यक्तिगत ६३ रनमा आउट भए । १२ बलमा ९ रन चाहिएका बेला मलेसियाले ५ बल बाँकी छँदै सबै विकेट गुमाउन पुग्यो । हङकङका विकास शर्मा र रौनक कपुरले तीन तीन विकेट लिए । सेमिफाइनल खेल सोमबार हुने छ । जसमा नेपाल र मलेसिया तथा हङकङ र सिंगापुर भिड्ने छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest