१२ बर्षपछि स्टार्कले म्याग्राथको कीर्तिमान बराबरी

अष्ट्रेलियन क्रिकेटर मिचेल स्टार्कले एकै विश्वकपमा धेरै विकेट लिने कीर्तिमानमा आफ्नै देशका ग्लेन म्याग्राथसँग बराबरी गरेका छन । दक्षिण अफ्रिका विरुद्धको लिगको अन्तिम खेलमा दुई विकेट लगेपछि स्टार्कले ग्लेनको एक विश्वकपमा धेरै विकेट लिने कीर्तिमान भंग गरेका हुन ।

म्याग्राथले २००७ मा वेष्ट इन्डिजमा भएको विश्वकपमा २६ विकेट लिएका थिए । जुन रेकर्ड १२ बर्षपछि स्टार्कले बराबरी गर्न सफल भए । नौ खेलमा स्टार्कले कुल चार सय ३२ रन खर्चिदै उनले विकेटसंख्या २६ पुर्याएका छन । जसमा उनले दुई पटक पाँच विकेट हल र दुई पटक चार विकेट लिन सफल भएका थिए ।

स्टार्कले अझैपनि विश्वकपमा खेल्न बाँकि रहेको छ । उनले अब सेमिफाइनलको खेलमा एक विकेट लिएपनि म्याग्राथको कीर्तिमान भंग गर्नेछन । म्याग्राथले सो बेला कीर्तिमान बनाउँदा निकै चर्चा भएको थियो ।

उनको कीर्तिमानलाई उनकै देशका खेलाडीले भंग गर्ने भएका हुन । स्टार्कले यो विश्वकपमा कुल ८३ ओभर २ बल फाल्दा उत्कृष्ट बलिङ २६ रनमा ५ विकेट रहेको थियो । जसमा उनको इकोनोमी पाँच दशलमव एक छ को रहेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest