भारत लिग चरणको शिर्ष स्थानमा रहदै सेमिफाइनलमा प्रवेश

आइसीसी एकदिवसिय विश्वकपमा भारतले श्रीलंकालाई सात विकेटले हराएको छ । जितसँगै भारत लिग चरणको शिर्ष स्थानमा रहदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलबाट बाहिरिसकेको श्रीलंकाका लागि एन्जेलो म्याथ्यूजले शतकीय पारि खेल्दा लिहेरु थिरमानेले अर्धशतक बनाए । म्याथ्यूज ११३ रनमा आउट हुँदा थिरमाने ५३ रन बनाएर पेभेलियन फर्किएका थिए । धनञ्जय दा सिल्भा २६ रनमा नट आउट रहँदा अभिष्का फर्नान्डोले २० रनको पारि खेलेका छन् ।

भारतका लागि जसप्रित बुमराहले तीन विकेट हात पारे ।

जवाफमा भारतले ४३ ओभर तीन बलमा तीन विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । भारतका लागि लोकेश राहुल र रोहित शर्माले सतक प्रहार गरे । जसमा एउटै विश्वकपमा पाँचौ सतक प्रहार गर्ने पहिलो खेलाडी बनेका रोहितले एक सय तीन रन बनाए भने राहुलले एक सय ११ रनको पारी खेले । यस्तै कप्तान विराट कोहलीले अविजीत ३४ रन बनाए ।
सेमिफाइनलमा भारतले अब न्युजिल्याण्डसँग खेल्नेछ । लिग चरणको चौथो स्थानमा रहेको न्युजिल्याण्ड र भारतको भिडन्तर रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest