नेपाल टस जितेर बलिङमा

एसीसी इस्टर्न रिजन क्रिकेटमा नेपालले फाइनल प्रवेशका लागि आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । समूह एको विजेता नेपाल र समूह बी को विजेता मलेसियाबीचको खेल किनरारा मैदानमा हुन लागेको हो ।  नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।
आजको खेल सिंगापुरविरुद्ध खेलेको पिचमा खेल हुन लागेको छ ।

जसका कारण स्पिनरलाई अलि बढी फाइदा पुग्ने अनुमान गरिएको छ । तर खेलमा वर्षाले प्रभाव पार्ने पनि आंकलन गरिएको छ । मलेसियाको मौसम विभागले आज पानी पर्ने सम्भावना रहेको औंल्याएको छ । यदि पानी परेर खेल रद्द भएमा नेपाल समूह चरणको रन रेटका आधारमा फाइनलमा पुग्ने छ ।

नेपाली टिमले आज बिशाल विक्रम केसी, प्रतिस जिसी र लोकेश बमलाई विश्राम दिइएको छ । यस्तै आज कमलसिंह ऐरी र रसिद खान एकैपटक सँगै खेल्दैछन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest