एसीसी इस्टर्न रिजन यू १९ क्रिकेटमा नेपाल फाइनल प्रवेश

एसीसी इस्टर्न रिजन यू १९ क्रिकेटमा नेपाल फाइनल प्रवेश गरेको छ ।  किनरारा ओभल मैदानमा घरेलु टोली मलेसियालाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । ८८ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो ।

नेपालको जितमा भीम सार्की र रोहित कुमार पौडेलले नटआउट ६० रनको साझेदारी गरे । शार्की ३३ रनमा नट आउट रहँदा रोहित ३१ रनमा नट आउट रहे । पवन शर्राफ १८ रनमा आउट हुँदा रीत गौतम ३ रनमा पेभेलियन फर्किए । खडक बोहराले भने खाता खोलल्न सकेनन् । मलेसियका हकिल मोहमदले २ विकेट लिए ।

त्यसअघि, किनरारा ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली मलेसियाले ४०.५ ओभरमा सबै विकेट गुमाएर ८७ रनको योगफल खडा गरेको थियो ।

नेपालको सानदार बलिङ आक्रमणसमूह मलेसियाका ब्याट्सम्यानहरुले सुस्त प्रदर्शन गर्न बाध्य भएका थिए । उनीहरुले लामो साझेदारी गर्न सकेनन् भने कुनै पनि ब्याट्सम्यान लामो समयसम्म क्रिजमा टिक्नै सकेनन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest