टी–२० विश्वकपको एशिया क्षेत्रीय छनोटका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम आज जाँदै

सिंगापुरमा हुने आइसीसी टी–२० विश्वकपको एशिया क्षेत्रीय छनोटका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम आज जाँदैछ ।

पारस खड्काको कप्तानीमा रहेको नेपाली टिमले मलेसियामा दुई वटा टी–२० सिरिज खेल्ने छ । मलेसियामा १० दिन बसेर उतैबाट सिंगापुर जाने नेपाली टिमको तालिका छ ।

मलेसियाको किनरारा ओभल मैदानमा जुलाइ १२ र १३ तारिखमा नेपालले दुई वटा खेल खेल्ने पक्का भएको नेपाली टिमका व्यवस्थापक रमण शिवाकोटीले जानकारी दिए । मलेसियाबाट सिंगापुर जाने नेपाली टिमले आइसीसी विश्वकप छनोटमा पहिलो खेल कतारविरुद्ध खेल्नेछ । प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले विश्वकप छनोटको अन्तिम चरणमा स्थान बनाउनेछ ।

मलेसियासँग टी २० का साथै टिमले विशेष क्याम्पपनि राख्नेछ । जसले गर्दा मलेसियाको हावापानीमा घुल्न सहज होस भन्ने अवधारणा टिमको रहेको छ । आइसीसीसँगको विशेष अनुरोधमा नेपाली टिमले अन्तिममा मलेसियासँग दुई वटा खेल खेल्न लागेको हो ।

यो एशिया छनोटमा शिर्ष स्थानमा रहेमा नेपालले ग्लोबल छनोटमा स्थान बनाउनेछ । जुन अक्टोबर नोभम्बरमा हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest