नेपालले टस जितेर पहिला बलिङमा

एसीसी यू–१९ इस्र्टन रिजन क्रिकेटको उपाधिका लागि नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदै छ । मलेसियाको किनरारा ओभल मैदानमा हुने फाइनलमा नेपालले टस जितेर पहिला बलिङ गर्दैछ ।

[match_center id=”32521″]

श्रीलंकामा हुने एसीसी यू–१९ एसिया कपको एउटा स्थानका लागि नेपाल र हङकङबीचको विजेताले ठाउँ पाउने छ ।

एसिया कपको छनोट प्रतियोगिताका रुपमा रहेको एसीसी यू–१९ इस्टर्न रिजनमा सबै प्रतिष्पर्धीहरु पाखा लागिसकेका छन् । नेपाली टिमले फाइनलका लागि सेमिफाइनलकै टिम मैदान उतारेको छ ।

आज पनि बिशाल विक्रम केसी, प्रतिस जिसी र लोकेश बमलाई विश्राम दिइएको छ । यस्तै आज कमलसिंह ऐरी र रसिद खान एकैपटक सँगै खेल्दैछन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest