नेपाली यू–१९ क्रिकेट टोली स्वदेश फिर्ता

नेपाली यू–१९ क्रिकेट टोली स्वदेश फर्किएको छ । मलेसियामा भएको एसीसी यू–१९ इस्टर्न रिजनमा च्याम्पियन बनेर आउँदो अगस्टमा हुने एसीसी यू–१९ एसिया कपमा स्थान बनाउन सफल नेपाली टिम काठमाडौं अवतरण भयो ।

नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्य सचिव रमेश कुमार सिलवालले त्रिभूवन विमानस्थलमा पुगेर स्वागत गरेका थिए ।

एसीसी यू–१९ एसिया कप श्रीलंकमा हुँदैछ । जसमा एसियाका पाँचवटा टेस्ट राष्«ट्रसँगै युएई र कुवेत पनि सहभागि हुनेछन् ।
रोहित कुमार पौडेल र पवन सर्राफ भने सिनियर टिमसँग मलेसियामै बसेको छ । सिनियर टिमले मलेसियासँग दुई वटा टि–२० खेल खेल्दैछ । रोहित र पवन सिनियर टिममा पनि छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest