अष्ट्रेलियाले इंग्ल्याण्डलाई दुई सय २४ रनको लक्ष्य

आइसीसी एकदिवसिय विश्वकपको दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई दुई सय २४ रनको लक्ष्य दिएको छ ।

ब्रमिंघममा टस जितेर पहिले ब्याटिङ गरेको साविक विजेताले ४९ ओभरमा दुई सय २३ रन बनायो । निकै कमजोर सुरुवात गरेको उसले १४ रनमा चार विकेट गुमाएको थियो । उसका सुरुवाती तीन खेलाडी एकोहोरो रुपमा आउट भए । जसमा डेविड वार्नर नौ रन, कप्तान आरोन फिन्च गोल्डेन डक र विश्वकपमा डेब्यु गरेका पिटर ह्याम्डक्याप मात्र चार रनमा आउट भए ।

तर चौथो विकेटका लागि स्टिभ स्मिथ र एलेक्स क्यारीले सतकीय साझेदारी गर्दै टिमको पारीलाई सम्हालेका थिए । उनले एक सय चार रनको साझेदारी गरे । जसमा एलेक्सले ४६ रन बनाए । तर त्यसपछि लगत्तै मार्कुस स्टोनीसपनि खाता खोल्न नपाउदै आउट भएपछि अष्ट्रेलियाले एक सय १८ रनमा पाँच विकेट खेर फाल्यो ।

उसका मध्यक्रमका खेलाडी विच पनि दरिलो साझेदारी हुन सकेन । ग्लेन म्याक्सवेल २२ रनमा आउट भए भने प्याट कुमिन्सले मात्र ६ रन बनाए , यस्तै मिचेल स्टार्कले २९ रन बनाउँदा स्मिथले सर्वाधिक ८५ रन जोडे । बलिङमा क्रिस ओक्स र आदिल रासिदले तीन तीन तथा जोफ्रे आर्चरले दुई विकेट हात पारे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest