मलेसिया विरुद्धको पहिलो टि–२० खेल भोली

मलेसिया विरुद्धको टि–२० सिरिज अन्तर्गत पहिलो खेल भोली हुँदैछ ।  किन्ननारा ओभल मैदानमा भाेली विहान पाैने आठ बजे हुनेछ।

सिंगापुरमा हुने आईसीसी टि–२० विश्वकप छनोटको तयारीका क्रममा नेपालले मलेसियासँग दुईवटा टि–२० म्याच खेल्दैछ । जस अन्तर्गत पहिलो खेलका लागि नेपाली टिमले आफ्नो तयारी पूरा गरेको छ ।

नेपालले एसटिसी मैदानमा पारस टिम र ज्ञानेन्द्र टिम बनाएर अभ्यास म्याच पनि खेलेको थियो । यसअघि मलेसिया र नेपालवीच चारवटा टि–२० म्याच भएको छ । जसमा तीन खेल नेपालले जितेको छ भने एउटामा पराजय भोगेको छ ।

सन् २००७ मा भएको एसीसी टि–२० कपमा नेपाल २१ रनले विजयी भएको थियो । सन् २००९ मा युएईमा भएको एसीसी टि–२० कपमा मलेसिया ६ विकेटले विजयी भएको थियो भने २०१३ मा नेपालमा भएको एसीसी टि–२० कपमा नेपाल १९ रनले विजयी भएको थियो । २०१८ मा भएकाे विश्वकप  एसिया  रिजनल अन्तर्गत भएकाे खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेकाे थियाे।

पारस खड्काको कप्तानीमा रहेको नेपाली टिमको अर्को लक्ष्य टी २० विश्वकपको एशिया छनोटमा च्याम्पियन बन्ने रहेको छ । जसका लागि नेपाली टिमले सिंगापुरको हावपानीसँग घुलमिल हुने मलेसियामा क्याम्प राखेको हो । यहाँ दुई वटा खेलका साथै केहि दिन अभ्यास गरेर टिम सिंगापुर जानेछ ।

मलेसिया र सिंगापुरको मौसम एकनासको भएकाले पनि आइसीसीले नेपाललाई मलेसियामा क्याम्पका लागि स्विकृती दिएको हो । नेपालले एशिया छनोटको पहिलो खेलमा कतारसँग खेल्नेछ । यो प्रतियोगिताको विजेताले युएईमा हुने ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

नेपाली टिमका कप्तान पारस खड्काले भोलीको खेलमा बेष्ट ११ लाई उतार्ने बताए । यसका साथै उनले ओपनीङमा केहि परिक्षण गर्न सक्ने पनि बताएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest