टस जितेर मलेसियाले ब्याटिङ गर्ने

आईसीसी टि–२० विश्वकप छनोट प्रतियोगिताको तयारीमा रहेको नेपालले आज मलेसियासँग टि–२० सिरिज अन्तर्गत पहिलो खेल खेल्दैछ ।

मलेसियाको क्वालालम्पुर स्थित किनरारा ओभल मैदानमा केही बेरमा शुरु हुने खेलमा टस जितेर मलेसियाले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

आजको खेलमा दिपेन्द्र सिंह ऐरी, पवन सर्राफ र अविनाष बोहरालाई आराम दिइएको छ ।

नेपालको प्लेइङ् इलेभेन यस्तो छः

  • पारस खड्का
  • ज्ञानेन्द्र मल्ल
  • शरद भेषावकर
  • विनोद भण्डारी
  • प्रदीप ऐरी
  • बसन्त रेग्मी
  • सोमपाल कामी
  • सन्दिप लामिछाने
  • रोहित कुमार पौडेल
  • करण केसी
  • ललित नारायण राजवंशी

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest