रेड रकले अलराउन्डर सोमपाल कामीलाई प्रायोजन

क्रिकेट किट उत्पादक कम्पनी रेड रकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामीलाई प्रायोजन गरेको छ ।

रेड रकको प्रायोजन पाउने उनी तेस्रो नेपाली क्रिकेटर हुन् । यसअघि गत वर्षको डिसेम्बरमा भीम सार्की र गएको महिना करण केसीले रेड रकको प्रायोजन पाएका थिए ।

आगामी २ वर्षसम्मका लागि गरिएको प्रायोजनबापत ३ देखि ५ हजार अमेरिकी डलरबराबरको रकम तथा क्रिकेट किट सोमपालले पाउनेछन् ।

क्यानडामा हुने ग्लोबल ट्वान्टी–२० लिगका लागि छनोट भएसँगै सोमपाल अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा अनुबन्ध हुने दोस्रो नेपाली खेलाडी बनेका छन् ।

सोमपाल अहिले २ ट्वान्टी–२० खेलको शृंखलाका लागि मलेसियामा छन् । यसपछि जुलाई २० देखि २८ सम्म सिंगापुरमा हुने ट्वान्टी–२० विश्वकप एसिया छनोट खेल्ने उनी त्यसपछि क्यानडा प्रस्थान गर्नेछन् ।

सन् २००७ मा स्थापना भएको रेड रकले भारतीय खेलाडीहरु सचिन तेन्दुलकर, महेन्द्रसिंह धोनी, विरेन्द्र सेहवाग, युवराज सिंह र रोविन उथप्पलगायतलाई प्रायोजन गरिसकेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest