नेपाल टस जितेर ब्याटिङमा

आईसीसी टी–२० विश्वकप छनोटको तयारीमा रहेको नेपालले आज मलेसियासँग दोस्रो टी–२० खेल्दै छ । किनरारा ओभल मैदानमा हुने खेलमा आज पनि नेपाल विजयी भए सिरिज २–० ले जित्ने छ । नेपाल टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छा

आजको खेलमा पवन शर्राफ र अबिनाष वोहोरालाई मौका दिने तयारी गरिएको छ । शनिबारको खेलमा बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपनि ब्याट्सम्यानकाबीचमा साझेदारी भने धेरैबेर जम्न सकेन् । हिजो औपनिङमा गएका प्रदीप ऐरी ड्रप भएका छन् । उनको स्थानमा पवन सर्राफलाई मौका दिइएको छ । भेटरान बलर बसन्त रेग्मीलाई पनि आराम दिएर युवा बलर अभिनाष बोहरा आज बलिङ एट्याकमा आउनेछन् ।

पारस खड्का र शरद भेषावकरले व्याटबाट रन बनाए पनि ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडल रन बनाउन असफल रहेका थिए । सिंगापुरमा हुने विश्वकप टी–२० छनोटका लागि तयारी गरिरहेको नेपाल मलेसियबाट २० तारिखमा उता प्रस्थान गर्ने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest