इंग्ल्याण्डले पहिलो पटक विश्वकप उपाधि जित्यो

आईसीसी एक दिवशीय विश्वकपको १२औं संस्करणले नयाँ च्याम्पियन दिएको छ । न्यूजिल्याण्डलाई सुपर ओभरमा हराउँदै इंग्ल्याण्डले पहिलो पटक विश्वकप उपाधि जितेको हो । न्यूजिल्याण्ड भने लगातार दोस्रो पटक उपविजेतामा सिमित भएको छ । अघिल्लो संस्करणको फाइनलमा अष्ट्रेलियासँग पराजित हुँदै न्यूजिल्याण्ड उपविजेता बनेको थियो ।

५० ओभर सकिँदा दुबै टिमले २४१ रन बनाएपछि खेल टाई भएको थियो । त्यसपछि खेलको निर्णय सुपर ओभरमा गरिएको थियो । सुपर ओभरमा पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले १५ रन बनाएको थियो । न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले बलिङ गरेका थिए भने ब्याटिङमा जोस बट्लर र बेन स्टोक्स थिए । पहिलो बलमा स्टोक्सले तीन रन लिए भने दोस्रो बलमा एक रन लिएर बट्लरले स्टोक्सलाई स्ट्राइक दिए ।

तेस्रो बलमा स्टोक्सले चौका हाने भने चौथो बलमा एक रन लिए । पाँचौं बलमा दुई रन लिएका बट्लरले छैटौं बलमा चौका प्रहार गर्दै १५ रन बनाए । जवाफमा न्यूजिल्याण्डको ब्याटिङमा जिम्मी निशम र मार्टिन गुप्टिल आएका थिए भने बलिङ जोफ्रा आर्चरले गरेका थिए । एक दिवशीय करियरमा आर्चरले एक ओभरमा दिएको सबैभन्दा धेरै रन भने १५ हो ।

न्यूजिल्याण्डलाई जितका लागि १६ रन आवस्यक थियो । पहिलो बल वाइड गरेका थिए भने दोस्रो बलमा निशमले दुई रन लिए । ओभरको दोस्रो बलमा निशमले छक्का प्रहार गरेपछि न्यूजिल्याण्डलाई चार बलमा सात रनको आवस्यकता प¥यो । तेस्रो र चौथो बलमा निशमले दुई–दुई रन लिएपछि न्यूजिल्याण्डलाई अन्तिम दुई बलमा तीन रन आवस्यक थियो । पाँचौं बलमा निशमले एक रन लिएर गुप्टिललाई स्ट्राइक दिए । अन्तिम बलमा दुई रन आवस्यक हुँदा गुप्टिलले एक रन त पूरा गरे दोस्रो रन लिँदा रनआउट भएपछि न्यूजिल्याण्ड फेरी उपविजेतामा सिमित बन्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ४१ रन बनायो । खराब सुरुवात गरेको न्युजिल्याण्डले पहिलो विकेट मात्र २९ रनमा गुमाएको थियो ।

तर दोस्रो विकेटका लागि केन विलियमसन र हेनरी निकाल्सनले गतिलो साझेदारी गर्न सफल भए । जसमा विलियम्सनले ३० रन बनाए भने हेनरीले ५५ रनको पारी खेले । त्यसपछि न्युजिल्याण्डका लागि रोस टेलरले १५, टिम लाथमले ४७ तथा निसामले १९ रनको योगदान गरे । यस्तै ग्राण्डहोमले १६ रन थपे ।

बलिङमा इंग्ल्याण्डका क्रिस ओक्स र लिम पुल्किटले तीन तीन विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest