बंगलादेशको ब्याटिङ प्रशिक्षकमा भारतका वसीम जाफर नियुक्त

बंगलादेशको ब्याटिङ प्रशिक्षकमा भारतका वसीम जाफर नियुक्त भएका छन् ।

रणजी ट्रफीमा रेकर्ड धारी जाफरलाई श्रीलंकाविरुद्धको सिरिजका लागि बंगलादेशले ब्याटिङ प्रशिक्षक नियुक्त गरेको हो । यसैगरी श्रीलंकाका चम्पक रामनायकेलाई भने बलिङ प्रशिक्षकका रुपमा नियुक्त गरेको हो ।

विश्वकप लगत्तै स्टीव रोड्सले छाडे लगत्तै बंगलादेशलाई अहिले मुख्य प्रशिक्षकको पनि आवश्यकता परेको छ । तर मुख्य प्रशिक्षक भने नियुक्त गरेको छैन् ।

बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष अकरम खानले दुई जना प्रशिक्षक नियुक्त गरेको बताउँदै उनीहरुको प्रशिक्षणले बंगलादेशी टिमलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest