आईसीसी विश्वकपको उपाधि जितेको इंग्ल्याण्ड टिमलाई त्यहाँकी प्रधानमन्त्री थेरेसा मेले स्वागत गरेकी छिन् । विश्वकप शुरु भएको ४४ वर्ष पछि ट्रफी जितेको इंग्ल्याण्डमा अहिले खुसीको माहोल बढेको छ ।
विश्वकप ट्रफी जित्दा विवादित बनेपनि त्यसको प्रभाव भने त्यहाँका समर्थकलाई परेको छैन् । न्यूजिल्याण्डविरुद्धको फाइनल खेलमा सुपर ओभर पनि बराबरी भएपछि चौका प्रहार गरेको आधारमा इंग्ल्याण्ड विजयी भएको थियो । उपाधि विजेता इंग्ल्याण्डको टिमलाई प्रधानमन्त्री मे ले सोमबार राति डाउनिङ स्ट्रीटमा रिसेप्सन पार्टी दिएकी थिइन् । सो अबसरमा प्रधानमन्त्री मे ले सबै मिलेर उत्कृष्ट प्रदर्शन गरेकै कारण विश्वकप जितेको बताइन् ।
इंग्ल्याण्डले ४४ वर्षपछि पहिलो पटक उपाधि जिते पनि इंग्ल्याण्डले फाइनल भने यसअघि तीन पटक खेलेको थियो । इंग्ल्याण्ड १९७९,१९८७ र १९८२ को फाइनलमा पराजित हुँदै उपविजेतामा चित्त बुझाएको थियो । तर दुई पटक नै उप विजेतामा सिमिति भएको न्यूजिल्याण्डमा सहानुभूतिको माहोल रहेको छ । त्यहाँका केही खेलाडीहरुले न्यूजिल्याण्ड र इंग्ल्याण्डलाई संयुक्त विजेता घोषणा गर्न माग गरेका छन् ।
Discussion about this post