बंगलादेशले श्रीलंकामा सिरिज खेल्दै,टिमको घोषणा

काठमाडौं, १ साउन, विश्वकप लगत्तै बंगलादेशले श्रीलंकामा सिरिज खेल्दै छ । २६ तारिखदेखि शुरु हुने प्रतियोगितका लागि बंगलादेशले टिमको घोषणा गरेको छ ।

श्रीलंका जाने टिममा विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका शकिब अल हसन र लिन्टन दासलाई राखिएको छैन् । कारण उनीहरुलाई रेस्ट दिइएको बताइएको छ । कप्तानी भने मशरफे मोर्तजालाई नै दिइएको छ । विश्वकपमा मोर्तजाको फर्म खराब रहेको भन्दै चर्को आलोचना गरे पनि उनलाई नै कप्तानको जिम्मेवारी दिइएको हो ।

बंगलादेश क्रिकेट बोर्डले शकिब र लिन्टनलाई अरु कुनै कारण नभई रेस्ट मात्र दिइएको बताएको छ । शकिबले इंग्ल्याण्ड विश्वकपमा ६०६ रन बनाउनका साथै ११ विकेट लिएर सनसनी मच्चाएका थिए । बंगलादेशले श्रीलंकामा २६, २८ र ३१ तारिखमा गरि ३ वटा एक दिवसीय क्रिकेट खेल्दै छ । शकिब र लिटनको ठाउँमा अनामुल हक र तेजुल इस्लामलाई राखिएको हो । बाँकी अरु खेलाडी हालै विश्वकप खेलेका छन् ।

बंगलादेश क्रिकेट टिमः
मशरफे मोर्तजा (कप्तान) तमीम इकबाल, सौम्य सरकार, मुस्तिफिकुर रहीम, महमूदुल्लाह रियाद, मोहम्मद मिथुन, मोसाद्देक हुसेन, सब्बीर रहमान, रुबेल हुसेन, मुस्तिफिजुर रहमान, अनामुल हक, मेहदी हसन, मोहम्मद सैफुद्दिन र तेजुल इस्लाम रहेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest