विश्वकप छनोटमा स्थान बनाउने लक्ष्यका साथ नेपालको मलेसिया तयारी पुरा

आइसीसी टी २० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने लक्ष्यका साथ नेपाली टिमले सम्पुर्ण तयारी पुरा गरेको छ । नेपालमा दुई साताको प्रशिक्षण र मलेसियामा करिव १० दिनको विशेष क्याम्पपछि नेपाली टिमले कमिकमजोरीलाई न्यूनिकरण गर्दै सिंगापुरका लागि तयार भएको छ । यो प्रतियोगिताको उपाधिको प्रबल दावेदारका रुपमा हेरीएको नेपालका लागि यो प्रतियोगिता दोस्र्रो पटक विश्वकप खेल्ने लक्ष्यमा एक कदम नजिक पुग्ने भर्याङका रुपमा हुनेछ ।

कप्तान पारसको भनाईबाट प्रष्ट हुन्छ, नेपाली क्रिकेट टिमका लागि सिंगापुरमा हुने आइसीसी टी २० विश्वकप एशिया क्षेत्रीय छनोट कति महत्वपूर्ण रहेको छ । २०१४ को टी २० विश्वकप खेलेपछि नेपाली टिमले यो विश्वकप खेल्नका लागि फेरी एकपटक आतुर रहेको छ । यो विचमा नेपाली टिमले विश्वकप छनोट खेलेपनि सफल हुन सकेन । तर यसपटक एशिया क्षेत्रीय छनोटमा शिर्ष स्थानमा रहदै ग्लोबल क्वालिफार्यसका लागि छनोट हुने नेपाली टिमका लागि राम्रो मौका रहेको छ ।

नेपालले घरेलु मैदानमा प्रशिक्षण गर्नुका सट्टा सिंगापुरको मौसमसँग अनुकुल भइन्छ र म्याच एक्पोजर पनि पाइन्छ भनेर मलेसियामा क्याम्प राखेको हो । जुन निर्णय टिमका लागि निकै राम्रो बन्यो । नेपालमा बर्षाका कारण प्रशिक्षण गर्ने कुनै अवसर थिएन । मलेसियामा नेपालले दुई वटा टी २० र केहि म्याच सिनारीयो गरेको थियो । जसले नेपाली टिमलाई आत्मबल बढाउन सफल भएको छ ।

यो प्रतियोगिता नेपालका लागि सोचेको जस्तो सहज भने हुने छैन । टी २० क्रिकेटमा एक दुई ओभरले पनि ठुलो फरक पार्छ, यसमा खेलाडी ब्यक्तिगत रुपमा पनि निकै सजक छन ।

नेपालले कुवेत र कतार विरुद्ध लामो समयपछि खेल्दैछ, यस्तोमा सिंगापुरलाई घरेलु मैदानको फाइदा हुनसक्छ भने मलेसिया पनि राम्रो टक्कर दिनसक्छ, यस्तोमा नेपाललाई चुनौती पनि कम छैन । यसपटक टिमबाट नेपाली क्रिकेट समर्थकले ठुलो आशा गरेका छन । जसमा टिम खरो उत्रन्छ की उत्रदैन, त्यो भने सिंगापुरमा जुलाई २३ तारिखमा कतार विरुद्धको खेलबाट थाहा हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest