बंगलादेशले श्रीलंका सिरिज अगाडि टिमको कप्तान परिवर्तन

बंगलादेशले श्रीलंका सिरिज अगाडि टिमको कप्तान परिवर्तन गरेको छ । विश्वकपमा कप्तानी गरेका मशरफे मोर्तजाकै कप्तानीमा यसअघि श्रीलंकाविरुद्धको सिरिजका लागि टिम घोषणा गरिएको थियो । तर मोर्तजा घाइते भएपछि तमीम इकबाललाई कप्तान बनाइएको हो ।

मीरपुरमा भइरहेको ट्रेनिङमा मोर्तजा घाइते भएका थिए । इकबाललाई अन्तरिम कप्तानको रुपमा श्रीलंका पठाइएको बंगलादेश क्रिकेट बोर्डले जनाएको छ । यो सिरिजमा शकिब अल हसन र लिन्टन दासलाई विश्राम दिइएकाले पनि इकबालले कप्तानी गर्न लागेका हुन् । यसैगरी अर्का अलराउण्डर शैफुद्दिन पनि घाइते भएकाले उनी पनि श्रीलंका जान पाएनन् ।

तमिम र शैफुद्दिनको ठाउँमा तस्कीन अहमद र फरहाद राजालाई टिममा बोलाइएको छ । बंगलादेशले श्रीलंकाका तीन वटा एक दिवसीय क्रिकेट खेल्ने छ । तीन वटै खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा हुने छ ।
बंगलादेश टिमः
तमीम इकबाल (कप्तान) सौम्य सरकार, मोहम्मद मिथुन, अनामुल हक, मुश्फिकुर रहीम, महमुदुल्लाह, मोसदिक हुसेन, सबीर रहमान, फरहाद राजा, मेहदी हसन, मुस्ताफिजुर रहमान, रुबेल हुसेन, तस्कीन अहमद र तेजुल इस्लाम ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest