टिम र खेलाडी फरक तर लक्ष्य एउटै

आइसीसी टी २० विश्वकपको एशिया क्षेत्रीय छनोटको फाइनलका लागि नेपाली टिम तयार भएको छ । ठुलो आशाका साथ सिंगापुर पुगेको नेपाली टिमसँग अरु टिमपनि अर्को चरणमा स्थान पुर्याउने लक्ष्यका साथ सिंगापुर पुगेका छन । जसमा सहभागि ५ वटै टिमको लक्ष्य विपक्षीलाई हराउने लक्ष्य रहेको छ ।

जसमा कुवेत, मलेसिया र नेपालका लागि यो प्रतियोगिता अझ आत्मविश्वासले भरिएको छ । दुई साता नेपाल त्यसपछि १० दिन मलेसियामा प्रशिक्षण गरेर सिंगापुर पुगेको नेपाली टिम यो प्रतियोगिताको सबैभन्दा बलियो टिमका रुपमा रहेको छ । नेपाली टिमका तयारी पनि अरु टिमका भन्दा केही राम्रो रहेको छ । उसले मलेसियामा दुई वटा टी २० खेल खेलेको थियो । त्यसैले पनि कप्तान पारस खड्कामा यो प्रतियोगिताका लागि आत्मविश्वास बढि देखिएको छ ।

नेपालले कतार विरुद्ध १० बर्षपछि खेल्न लागेको हो । अन्तिम पटक २००९ को एसीसी टी २० कपमा खेलको नेपाल कतारी क्रिकेटको पछिल्लो अवस्था बारे त्यति जानकार छैन । त्यसैले पनि कतारले नेपाललाई बलियो टिम भएपछि कडा टक्कर दिने बताएको छ ।

नेपाल र कतार २००७ र २००९ मा एसीसी टी २० कपमा खेल्दा दुबैले एक एक खेल जितेका छन । यता ब्याटिङमा बलियो मानिने कुवेत टिम विरुद्ध पनि नेपालले अन्तिम पटक २०११ को एसीसी टी २० मा खेलेको थियो । जसमा नेपाल एक रनले विजयी भएको थियो ।

तर त्यसपछि यी दुई टिम २० ओभरको खेलमा खेलका छैनन् । छोटो फरम्याट र सानो आकारको मैदानका कारण ब्याटिङमा कुवेतले राम्रो टक्कर दिनसक्नेछ ।

आइसीसीको बरियतामा सहभागि टिममा नेपाल सबै भन्दा माथि रहेको छ । नेपाल ११ औं स्थानमा छ भने कतार २१ औं, सिंगापुर २३ औं, कुवेत २८ औं र मलेसिया ३५ औं स्थानमा छ । तर सिंगापुरको मैदानको साइज र विस्फोटक पारी खेल्नसक्ने खेलाडी सबै टिममा रहेकाले प्रतियोगिता रोमाञ्चक हुने देखिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest