यू–१९ एसिया कप क्रिकेटकाे मिति एक साताले सर्यो

काठमाडौं, ६ साउन । एसियन क्रिकेट काउन्सिल (एसीसी)काे आयोजनामा हुने यू–१९ एसिया कप क्रिकेटकाे मिति एक साता सरेको छ । यसअघि अगष्टको २८ देखि शुरुहुने भनिएकोमा प्रतियोगिता सेप्टेम्बर ५ तारिखदेखि मात्रै सुरु हुनेछ ।

एसिया कप यू १९ क्रिकेट श्रीलंकामा आयोजना हुनेछ । खेलस्थल र टाइिसटबारे जानकारी अाइनसकेकाे नेपाली यू-१९ टाेलीका प्रशिक्षक विनाेद दासले जानकारी दिए । एसीसीका अनुसार सेप्टेम्बर ५ देखि १४ सम्म प्रतियाेगिताका खेलहरू सन्चालन हुनेछन् ।

यस प्रतियोगिताका लागि नेपाल एसीसी इस्टर्न रिजन च्याम्पियन बन्दै छनोट भइसकेको छ । मलेसियामा भएको उक्त छनोट खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्दै उपाधिसँगै एसियाकपमा पनि स्थान बनाएको हो ।

एसिया कप यू १९ मा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान टेस्ट खेल्ने टाेली रुपमा रहेका छन् भने यूएई, नेपाल र कुवेतले छनोट चरण पार गरेर स्थान बनाएका हुन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest