मलेसियाले कुवेतलाई ४२ रनले पराजित

आईसीसी ट्वान्टी–२० विश्वकपका लागि एसिया छनोट अन्तर्गत सोमबारको दोस्रो खेलमा मलेसियाले कुवेतलाई ४२ रनले पराजित गरेको छ । यस प्रतियोगितामा नेपालले मंगलबार कतारसँग खेल्नेछ ।

इन्डियन एसोसियसन क्रिकेट मैदानमा  टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया इनिङको अन्तिम बलमा सबै विकेट गुमाउँदै १ सय ६२ रनको योगफल खडा गरेको थियो ।

उसका लागि मध्यक्रमका चार बयाट्सम्यानले उत्कृष्ट प्रदर्शन गरे । सइद अजिजले ३४, साफिक सरिफले ३८, अमिनुद्धिन राम्लेले ३३ र कप्तान अहमद फाइजले १५ रन जोडे ।

मलेसियाको पुछारक्रम भने प्रभावहीन देखियो । अन्तिम २ ओभरमा उसले १३ रन जोड्दा ५ विकेट गुमाएको थियो । बलिङमा कुवेतका मोहम्मद अहसनले २ विकेट लिए ।

१ सय ६३ रनको लक्ष्य पछ्याएको कुवेत १८ ओभरमा १ सय २० रनमै आउट भएपछि मलेसियाको जित सहज बनेको हो ।

कुवेतका लागि मुहम्मद कासिफले ५१ रनको अर्धकतकीय पारी खेले पनि अन्यले उनलाई साथ दिन सकेनन् ।

एउटा एण्डबाट कासिफले रन बनाए पनि अर्को एन्डबाट विकेट झर्ने क्रम रोकिएन । कुवेतका ८ जना ब्याट्सम्यानले दोहोरो अंकको रन छुन सकेनन् । कुवेतका उस्मान वाहिदले १६ र अदनान इदरिसले १२ रन जोडेका थिए । बलिङमा मलेसियाका मोहम्मद स्याहादादले ३ विकेट लिए । सायद अजिज, पवनदीप सिंह र फित्री सामले २–२ विकेट लिए ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest