कतार बिरुद्ध नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय

आईसीसी टि–२० विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेल आज कतारसँग प्रतिष्पर्धा गर्दैछ । प्रतियोगिता हिजोबाट शुरु भएको थियो ।

[match_center id=”31461″]

नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । नेपाली टिममा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, दिपेन्द्र सिंह ऐरी,  विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दिप लामिछाने, बसन्त रेग्मी, अविनाष बोहरा र ललित नारायण राजवंशी छन् ।

पिच गिलो भएका कारण निर्धारित समयभन्दा १५ मिनेट ढिलो भएको थियो ।

आजको खेल नयाँ पिचमा खेलाउने भनिएको भएपनि पिचको अवस्था खेल्न लायक नभएपछि हैजै खेलाइएको पिचमा खेलाउने निर्णयमा अम्पायरको टिम पुगेको छ ।

आज त्यहाँको मौसम पनि बदली हुने बताइएको छ । मौसम विभागका अनुशार एक घण्टापछि पानी पर्ने सम्भावना छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest