नेपालका लागि ठूलो झड्का

एसिया छनोटको पहिलो खेलमै कतारसँग पराजित भएपछि दोस्रोपल्ट ट्वान्टी२० विश्वकप खेल्ने लक्ष्यमा रहेको नेपालका लागि ठूलो झड्का लागेको छ । तर, नेपाल प्रतियोगिताबाटै बाहिरीसकेको भने छैन ।
सिंगापुरमा भएको प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा प्रतियोगिताकै उच्च वरीयताको नेपालले अप्रत्यासित पराजय ब्यहोरेको छ । कतार ४ विकेटले विजयी भएको हो ।

कतारले हिजो भएको खेलमा आयोजक सिंगापुरसँग ३३ रनको पराजय ब्यहोरेको थियो । पाँच टोली सम्मिलित प्रतियोगिता राउन्ड रोविन लिग प्रणालीमा हुनेछ । जसको शीर्ष स्थानमा रहने टोलीले अक्टोवर ११ देखि नोभेम्बर ३ सम्म युएईमा हुने ग्लोवल क्वालिफायरमा स्थान बनाउनेछ ।

प्रतियोगितामा कतारको २ खेलबाट २ अंक भएको छ । सिंगापुर र मलेसियाले समान १ खेल खेलेर २ अंक जोडेका छन् । नेपाल र कुवेत अहिलेसम्म अंकबिहीन छन् । शीर्ष स्थानमा रहेर ग्लोवल क्वालिफायरमा स्थान बनाउनका लागि नेपालले बाँकी तीनै खेलमा ठूलो अन्तरको जित हासिल गर्नुपर्छ ।

नेपालले बुधबार मलेसियासँग खेल्नेछ भने शनिबार सिंगापुर र आइतबार कुवेतबिरुद्ध खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest