नेपाल र मलेसियाको खेलमा बर्षा बाधक, पारस नखेल्ने

कतारविरुद्धको खेलमा घाइते हुन पुगेका नेपालका कप्तान पारस खड्का मलेसियाविरुद्धको खेलमा नखेल्ने भएका छन् । पारसको अनुपस्थितीमा नेपालको कप्तानी उपकप्तान ज्ञानेन्द्र मल्लले निभाउनेछन् ।

मंगलबार पहिलो बलबाटै घाइते भएका पारसले दोस्रो इनिङमा बेन्चमा बसे ।

साँझ उनले चिकित्सकसँग उपचार तथा परामर्श लिएका थिए । आज हिजोको भन्दा धेरै ठीक भएको छ । तर, पूर्ण रुपमा फिट भइनसकेकाले आजको खेलमा उनलाई आराम दिइएको छ ।

आजको म्याचमा वर्षा हुने सम्भावना छ । नेपाललाई बाँकी तीनवटै खेल जित्नु पर्ने दबाब छ । तर, नेपाल र मलेसियावीको म्याचको पूरै समय वर्षा हुने देखाएको छ ।

आकाशमा पूरै बादल मडारिएको छ भने सिंगापुरस्थित इण्डियन एसोसियसन क्रिकेट मैदानको पिच छोपिएको छ ।
आजको म्याचबाट नेपालले दुई अंक नजितेको खण्डमा ग्लोबल क्वालिफायरमा नपुग्ने सम्भावना चुलिनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest