मलेसियासँग टस जितेर नेपाल फिल्डिङ गर्दै

आईसीसी ट्वान्टी२० विश्वकपको एसिया छनोट अन्तर्गत सिंगापुरमा जारी प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्न लागेको छ ।

सिंगापुरमा वर्षाका कारण नियमित समयमा सुरु हुन नसकेको खेल ९ ओभरमा झारिएको छ । वर्षा रोकिएपछि टस भएको छ र नेपालका कप्तान ज्ञानेन्द्र मल्ले टस जितेर फिल्डिङ रोजेका छन् ।

आजको खेलमा कतारबिरुद्ध हिजो खेलेका कप्तान पारस खड्का र ललित नारायण राजवंशीलाई आराम दिइएको छ । उनीहरुको स्थानमा आजको खेलमा रोहितकुमार पौडेल र प्रदीप ऐरीले खेलेका छन् । पवन सर्राफ आजको खेलमा पनि टिमबाहिर नै छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest