नेपालले मलेसियाबाट ८४ रनको लक्ष्य

आईसीसी ट्वान्टी२० विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले मलेसियाबाट ८४ रनको लक्ष्य पाएको छ ।

सिंगापुरको इन्डियन एसोसियसन मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ९ ओभरमा ७ विकेट गुमाएर ८३ रनको योगफल खडा गरेको हो ।

सिंगापुरमा वर्षाका कारण खेल समयमै सुरु हुन नसके पनि ९ ओभरमा झारिएको हो । पहिलो खेलमा कतारसँग पराजित भएको नेपालका लागि आजको खेल गर या मरको अवस्थामा छ ।

नेपाली फाष्ट बलर सोमपाल कामीले मलेसियाका दुवै ओपनरलाई पहिलो ओभरमै आउट गरेका थिए । पारीको पहिलो बलमै अनवर अरुद्धिनलाई अविनाश बोहोराको हातबाट क्याच आउट गराएका सोमपालले त्यो ओभरको अन्तिम बलमा अर्का ओभर अफिक सरिफलाई एलबीडब्ल्यू धरापमा पारे । दुवैले खाता खोल्न सकेनन् ।

तेस्रो नम्बरमा आएका सयद अजिजले विष्फोटक ब्याटिङको प्रयास गरेका थिए । सोमपाललाई लगातार ३ चौक र सन्दीप लामिछानेको बलमा छक्का प्रहार गरेका उनी सन्दीपकै बलमा दीपेन्द्र ऐरीको हातबाट क्याच आउट भए । उनले १५ बलमा ५ चौका र १ छक्कासहित ३० रनको योगदान गरे ।

त्यसअघि सोमपालले आफ्नो तेस्रो विकेट लिने क्रममा अमिनुद्धिन राम्लेलाई बोल्ड गरेका थिए । पाँचौं ओभरको पाँचौं बलमा करण केसीले मोहम्मद स्यादातलाई १ रनको व्यक्तिगत स्कोेरमा आउट गरे । ६ ओभरको खेल सकिँदा मलेसिया ५४–५ को स्थितिमा थियो ।

आठौं ओभरमा अनुभवी स्पिनर बसन्त रेग्मीले २ विकेट झारे । ओभरको अन्तिम २ बलमा उनले क्रमसः विरनदीप सिंहलाई २१ र अहमद फाइजलाई ९ रनको स्कोरमा आउट गरेका हुन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest