आयरल्याण्डविरुद्धको टेस्टमा इंग्ल्याण्ड ८५ रनमा अलआउट

आयरल्याण्डविरुद्धको टेस्ट म्याचको पहिलो इनिङमा इंग्ल्याण्ड ८५ रनमा प्याक भएको छ ।

हालै एक दिवशीय विश्वकप जितेको इंग्ल्याण्डले एकमात्र टेस्टको पहिलो इनिङ्मा २३ ओभर चार बल खेल्दा १० विकेट गुमाउन पुग्यो । इंग्ल्याण्डका तीन खेलाडीलेमात्र दोहोरो अंकको रन बनाउन सके । त्यसमा पनि सर्वाधिक रन नयाँ खेलाडी जो डेन्लीले बनाए । उनले २३ रन बनाएका थिए ।

पहिलो पटक टेस्ट खेलेका अर्का खेलाडी ओल्ली स्टोनले १९ रन बनाए भने साम कुरानले १८ रन बनाए । रोरी बर्नसले ६, ज्यासन रोयले ५, जो रुटले २ र स्टुवार्ट ब्रोडले ३ रन बनाए । जेमी बेइस्र्टो, मोइन अलि र क्रिश वक्सले खाता नै खोल्न सकेनन् ।

बलिङतर्फ आयरल्याण्डका टिमेट मुर्ताग एक्लैले पाँच विकेट लिए भने मार्क अदाइरले तीन तथा बोइड ¥यान्किनले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest