कुलासेकराले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास

श्रीलंकाका बलर नुवान कुलासेकराले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।

सिम बलर ३७ बर्षे कुलासेकराले बुधबार अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् ।

श्रीलंका लागि एकदिवसीय क्रिकेटमा सवार्धिक विकेट लिने खेलाडीको तेस्रो स्थानमा रहेका कुलासेकराले घरेलु टी-ट्वान्टी क्रिकेट भने खेल्नेछन् ।

सन् २००३ मा इंग्ल्याण्डविरुद्ध डेब्यु गरेका कुलासेकराले १८४ एकदिवसीयमा १९९ विकेट लिएका छन् । लासिथ मालिंगा र चामिन्दा भासपछि उनि सर्वाधिक विकेट लिने खेलाडी हुन् ।

कुलासेकराले २१ टेष्टमा ४८ विकेट र ५८ टी-ट्वान्टीमा ६६ विकेट लिएका छन्  ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest