बंगलादेशविरुद्धको सिरिजका लागि श्रीलंकाले अन्तिम टिमको घोषणा

बंगलादेशविरुद्धको तीन एक दिवसीय सिरिजका लागि श्रीलंकाले अन्तिम टिमको घोषणा गरेको छ । जसमा २२ जना प्रारम्भिक खेलाडीबाट १६ जनाको नाम मात्रै अन्तिम टिममा समावेश गरेको हो । श्रीलंकाले घरेलु मैदान प्रेमदासा स्टेडियममा शुक्रबार बंगलादेशसँग पहिलो एक दिवसीय क्रिकेट खेल्दै छ । सबै खेल सोही मैदानमा डे नाइट हुने छ ।

श्रीलंकाली टिममा दिमुथ करुणारत्ने (कप्तान) कुशल परेरा, अविष्का फर्नान्डो, कुशल मेन्डिस, एन्जेलो म्याथ्यूज, लहिरु थिरिमाने, शहन जयसूर्या, धनञ्जय दा शिल्वा, वानिन्दु हसरंगा, अकिला धनञ्जय, लासिथ मालिंगा, नुवान प्रदीप, लाहिरु कुमारा, थिसारा परेर, इसुरु उडाना र कुशन रजिथा रहेका छन् ।

मालिंगाले बंगलादेशविरुद्धको पहिलो खेलसँगै अन्तर्राष्ट्रिय क्रिकेटबाट विदा हुने घोषणा गरिसकेका छन् । श्रीलंकन क्रिकेट बोर्डका अनुसार मालिंगाको ठाउँमा बाँकी २ वटा एक दिवसीयका लागि दसुन शनाकालाई टिममा स्थान दिइने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest