कुवेतको जितले नेपाललाई थप राहत

आईसीसी टी २० एसिया छनोटमा कुवेतले पहिलो जित निकालेको छ । कुवेतले कतारमाथि १० रनको जित निकाल्दै तालिकामा तीन अंक जोडेका हो । जितसँगै कुवेत ३ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

एक खेलमा जित र एक खेल रद्द भएपछि समान तीन अंक भएको सिंगापुर तालिकाको शीर्ष स्थानमा रहँदा मलेसिया २ अंकसहित तेस्रो स्थानमा छ । यसैगरी नेपालले पनि २ अंक जोड्दै चौथो स्थानमा रहँदा नेपाललाई पराजित गरेको कतार पाँचौं स्थानमा रहेको छ ।

आज मलेसिया र सिंगापुरबीचको नतिजाले नेपालको अर्को चरणमा पुग्ने समिकरणमा पनि प्रभाव पार्ने छ । सिंगापुर आजको खेलमा विजयी भए उसको अन्तिम खेल नेपालसँग आइतबार हुने छ ।

त्यस्तोमा नेपालले कुवेत र सिंगापुरलाई पराजित गरेमा नेपालको ग्लोबल छनोटमा पुग्ने बाटो खुल्ने छ । तर मलेसिया विजयीहुँदा नेपाल विजयी भएर मात्रै पुग्ने छैन् रनरेट पनि राम्रो हुनु पर्ने छ ।

सिंगापुरमा आज भएको खेलमा कुवेतले लिएको १९८ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १८७ रन बनाएको थियो । तमोर सजादले नट आउट ४६ रन बनाउँदा नुवान सरवारले पनि नट आउट ३४ रन बनाएपनि हार टार्न भने सकेनन् ।

कुवेतका सिराज खान र जनादु हमुदले दुई दुई विकेट लिए । पहिला ब्याटिङ गरेको कुवतेल आक्रामक पारि खेल्दै निर्धारित ओभरमा १९७ रन बनाएको थियो । टी ट्वान्टीमा कुवेतले बनाएको यो सर्वाधिक ठूलो रन पनि हो । कुवेतका एडनान इद्रिसले सर्वाधिक ५६ रन बनाउँदा मोहम्मद काशिफले ४३ रनको योगदान गरे ।

कतार इकबाल हसन र नुवान सरबारले समान दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest